मधेश प्रदेशः ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु


सर्लाही, असार १९ । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जय मुखिया रहेको सर्लाही प्रहरीले जनाएको छ ।

ट्रकका चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

चन्द्रनगर गाउँपालिका वडा नम्बर ७ मा भुँसा लोड गरि गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाकोका छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार