जसपाको विधान अधिवेशन सुरु


काठमाडौँ, असार १० । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरू भएको छ ।

आजदेखि सुरु भएको विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको थियो ।

सो बैठकबाट अनुमोदन गरिएको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुने जनाइएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले जनाएअनुसार विधान अधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ । संघीय परिषद खारेज गरिने भन्दै प्रस्तावित विधानमा जनाइएको छ ।

यस बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरु सहभागी छन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको जसपाले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार