अध्यादेश खारेजीको माग गर्दै मिटरब्याजीको प्रदर्शन


काठमाडौं, ६ असार । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरुले काठमाडौंमा धर्ना दिएका छन् ।

बुधबार पीडित लेनदेन संघर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरुले काठमाडौंको माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

आन्दोलितहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र ब्याज उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।

प्रदर्शनमा सहभागीहरुले लेनदेन कारोबार सहज गर्, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्, कानुनबमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस्, प्रहरी दमन बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार