एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : महेश बर्तौला


काठमाडौं, ६ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताएका हुन् ।

उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । उनले सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्नेसमेत बताए । उनले एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि स्पष्ट पारे ।

उनले भने, ‘यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरू बिचको अन्तरविरोध, असमझदारी छ, जुन खालको अविश्वास छ, त्यसको कारणले गर्दा पनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार