डा. साहको नाममा १० लाखको अक्षयकोष स्थापना


जनकपुरधाम, ३१ जेठ । वरिष्ठ चिकित्सक तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति डा. रामकेवल साहको श्राद्धकर्म निष्ठापूर्वक तर सादगीका साथ गायत्री वैदिक विधिबाट सम्पन्न गरिने निर्णय परिवारजनाले गरेको छ ।

उनका छोरा ई. धीरज साह र डा. नीरज साहले वृहत् भोजभतेर नगरी प्रारम्भमा १० लाखको अक्षयकोष स्थापना गरी जेहेन्दार र आर्थिक अभावका छात्र–छात्राहरुलाई छात्रवृति तथा गरीब अशक्तको उपचारमा सहयोग गर्ने निर्णय लिएको बताएका छन् ।

डा. रामकेवल साहको दिल्लीमा उपचाररत अवस्थामा जेठ २४ गते निधन भएको थियो । धनुषाको सवैलामा आर्थिक रुपमा अत्यन्त कमजोर परिवारमा जन्मेका डा. साह आफ्नो मिहिनेत र जेहेन्दारीले चिकित्साशास्त्रमा उच्च शिक्षा प्राप्त गर्न सफल भई प्रतिष्ठित हाड, जोर्नी, नशा विशेषज्ञ बन्न सफल भएका थिए ।

डा. साह लोकतन्त्र र समानताको नागरिक हकको समर्थक तथा समाजसुधार अभियानहरुको पक्षपाती थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार