महोत्तरीमा सालको काठ बरामद


जलेश्वर, १७ जेठ । महोत्तरीमा भारीमात्रामा सालको काठ प्रहरीले बरामद गरेको छ ।

जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ५ बाट ८५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सालको काठ बर्दिबास प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४ र ना.६ख. ६२७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुवै ट्रकबाट १२१ वटा सालको काठको गोलिया बर्दिबास प्रहरीले बरामद गरेको छ । भने काठको गोलिया सहित दुवै ट्रक र दुवै ट्रक चालकलाई पक्राउ इप्रका बर्दिबासमा जनाएको छ ।

बरामद गरेको एक हजार ५३३ क्यु फिट सालको काठ ८५ लाख ५२ हजार ४४५ रुपैयाँ मूल्यको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बरामद काठ, सवारी साधन र चालकलाई आवश्यक कारबाहीको लागि सब–डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाइएको जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार