‘पुष्पा २’ मा रणवीर सिंहको भूमिका


एजेन्सी, १६ जेठ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यस फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुने भएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, जसले पुष्पराजलाई परिचय गराउनेछन् । यस फिल्ममा रणवीरको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस्तो अवस्थामा दर्शक उनको भूमिकाबारे थाहा पाउन उत्साहित छन् र उत्कृष्ट एक्सन तथा ट्विस्टको अपेक्षा गरिरहेका छन् ।

फिल्मलाई भव्य तुल्याउन निर्देशक सुकुमारले यसमा धेरै केमियो रोल ल्याउने चर्चा पनि चलेको छ । भारतीय फिल्म उद्योगका ठूला कलाकारलाई अतिथि भूमिकामा खेलाउने निर्देशकको तयारीसमेत रहेको छ । यी सबैबाहेक अभिनेता फहद फासिललाई पनि फिल्मका लागि कास्ट गरेको जनाइएको छ ।

फिल्मको बारेमा कुरा गर्दै अल्लु अर्जुनले यसै वर्षको मार्चमा ‘पुष्पा २’ को सुटिङ सुरु भएको घोषणा गरेको थियो । यस फिल्मको तेस्रो भाग पनि बन्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार