महोत्तरी, १३ जेठ । वैदेशिक रोजगारीमा गएका महोत्तरीको भंगहा नगरपालिकामा एक जनप्रतिनिधिको पद खारेज भएइको छ ।
भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालतले बदर गर्ने फैसला गरेपछि उनको पद खारेज भएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला गरेको छ ।
नेपाली काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए ।
अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता कायमै राखि गरेको थियो ।
उच्च अदालत जनकपुरमा परेको रिट उपर सुनुवाई गर्दै अदालतले मण्डलको पद खारेजीसंगै निर्वाचन प्रक्रिया मार्फत पदपुर्ति गर्न आदेश दिएको उच्च अदालतका शाखा अधिकृत कुवेर ढुंगेलले जानकारी दिए ।
कार्यपालिका सदस्यमा अल्पसंख्यक तथा दलित समूहबाट मात्र निर्वाचित गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । कार्यपालिका सदस्यबाट निर्वाचित भएका मण्डल केही महिनाअघि वैदेशिक रोजगारमा छन् ।


