चट्याङ लागेर एक महिलाको मृत्यु


रौतहट, ९ जेठ । रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरा गाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो ।

आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार