रौतहटमा एकको हत्या


रौतहट, ६ जेठ । रौतहटमा एक पुरुषको हत्या भएको छ ।

जिल्लाको गौर नगरपालिका वडा नम्बर ७ स्थित सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

एसपी बुढामगरले दिएको जानकारी अनुसार शुक्रबार राति १० बजे तर्फ घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका लैजनो क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना भने फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार