काठमाडौँ, ३ जेठ । इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेका छन् ।
मिलान डर्बी एसी मिलानमालाई समग्रता ३–० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिक पुग्न सफल भएको हो ।
लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लिगमा इन्टरले एसी मिलानलाई १–० ले पराजित गरेको हो । मार्टिनेजले ७५औं मिनेटमा गोल गरेका थिए । पहिलो लेग इन्टरले २–० ले जित हात पारेको थियो ।
इन्टरले अब जुन १० मा टर्कीयामा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्ने भएको छ ।
रियल र सिटीबीचको पहिलो लेग १–१ को बराबरीमा सम्पन्न भएको थियो । यी दुईबीच दोस्रो लिग बुधबार राति हुने भएको छ ।


