मुम्बइमाथि लखनउको सान्दार जित


एजेन्सी, ३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनले जित हात पारेको छ ।

मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सकेको थियो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरेका थिए ।

मुम्बइलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो भने टिम ढेविड र क्यामरुन ग्रीन जस्ता ब्याटर क्रिजमा थिए । तर लखनउका मोहनसिन खानले अन्तिम ओभरमा कुनै जम्मा ५ रन मात्र दिन सके । मुम्बइका खेलाडीले अन्तिम ओभरमा कुनै बाउन्ड्री प्रहार गर्न भने सकेनन् ।

मुम्बइका लागि ओपनर इशन किसनले ३९ बलमा सर्वाधिक ५९ रन बनाए भने कप्तान रोहित शर्माले ३७ रन जोड्दा टिम डेविडले अविजित ३२ रन बनाएका थिए ।

लखनउका यश ठाकुर र रवी बिश्नोइले २÷२ तथा मोहसिन खानले १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले स्टोइनिसको आक्रमक ब्याटिङमा तीन विकेट गुमाएर १७७ रन बनाएको थियो । भने स्टोनइसले ४७ बल खेल्दै अविजित ८९ रन बनाएका थिए । उनले ४ चौका र ८ छक्का प्रहार गरेका थिए ।

त्यस्तै रिटार्ट हर्ट हुनुअघि कप्तान क्रुनल पाण्ड्याले ४२ बलमा ४९ रन बनाएका थिए । स्टोइनिस र क्रुनल मिलेर चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । भने क्वेन्टन डे ककले १६ रन बनाएका थिए । भने मुम्बइका जासोन बेहरनडोर्फले दुई तथा पियुष चावलाले एक विकेट लिएका थिए ।

त्यस्तै जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नाइको पनि समान १५ अंक भएपनि नेट रनरेटमा लखनउ पछि छ । मुम्बई १५ खेलबाट १४ अंकसहित चौथो स्थानमा झरेको छ ।

मुम्बईलाई प्लेअफमा पुग्न अब अन्तिम खेल जित्नुपर्ने अवस्था छ ।

मुम्बइले अब सनराइजर्स हैदरवादसँग खेल्न बाँकी नै रहेको छ भने लअनउले लिगको अन्तिम खेल कोलकता नाइट राइडर्ससँग खेल्नेछ ।
अहिलेसम्म साविक विजेता गुजरात टाइटन्स प्लेअफमा छन् भने हैदरावाद र दिल्ली क्यापिटल्स लिगबाटै बाहिरिसकेका छन् । बाँकी ७ टिम प्लेअफको बाँकी तीन स्थानमा रहने होडमा रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार