बर्दिबासबाट बन्दुकसहित तीन पक्राउ


बर्दिबास, ३ जेठ । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ तर्फ वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको जिप्रका महोत्तरीले जनाएको छ ।

महोत्तरी प्रहरीले जनाए अनुसार विशेष सूचनाको आधारमा उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि पछ्याएको थियो ।

सो क्रममा उनीहरु भाग्ने प्रयास समेत गरेका थिए । पक्राउ परेकाहरुमाथि थप अुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार