समयमै सुटिङ सेटमा पुगे अमिताभ बच्चन


काठमाडौं, २ जेठ । अमिताभ बच्चन भारतीय फिल्मका सबैभन्दा रुचाइने अभिनेतामध्येका एक हुन् ।

८० वर्षको उमेरमा पनि दिग्गज कलाकारले चरित्र चित्रणमा ज्यान दिने गर्दछन् । तर दमदार अभिनयले सबैको मन जित्न सफल भएको छ । यति मात्र नभई दिग्गज अभिनेता समयनिष्ठसमेत रहेका छन् भन्ने अमिताभ बच्चनले पुष्टि गरेका छन् ।

आइतबार राति बिग बी अर्थात अमिताभ बच्चनले आफ्ना फ्यानसँग एक रोचक पोस्ट सेयर गरेपछि उनकी नातिनी नव्या नवेली नन्दा हाँस्न थालिन् । एक अज्ञात व्यक्तिले आफूलाई बाइकमा बसाएर समयमै काममा पुग्न मद्दत गरेको कुरा अभिताभले फ्यानलाई सेयर गरेका छन् ।

उनले एक पुरुषसँग बाइकमा बसेको तस्वीरसमेत सेयर गरेका छन् । पोस्टमा उनले सवारीको लागि र समयमै सेटमा पुग्ने व्यक्तिलाई धन्यवाद समेत दिएका थिए ।

बिग बी हालै चोटबाट निको भएर काममा फर्किएका हुन् । केही दिनअघि ‘प्रोजेक्ट के’ को सुटिंगको सेटमा उनी घाइते भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार