काठमाडौं, १ जेठ । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सको सान्दार जित भएको छ भने चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना अझैपनि बाँकी नै राख्दा चेन्नाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने छ ।
यस खेलमा कोलकाता हारे भएको बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई हराएपछि प्लेअफ बारे बुझ्नका लागि अझै कुर्नुपर्ने भएको छ ।
कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै रहेको छ ।
कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझदारी गरेका थिए ।
नितिश राणाले ४४ बल खेल्द ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाएका थिए ।
चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिएका थिए ।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो भने चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडेका थिए ।
कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका थिए भने बरुण चक्रवर्तीले पनि दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एक÷एक विकेट लिएका थिए ।


