एमालेका निलम्बित नेता रायमाझी यसरी पक्राउ परे


काठमाडौँ, १ जेठ । नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आइतबार साँझमा बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तजनको घरबाट पक्राउ गरेको थियो । फरार रहेका भनिएका रायमाझी वैशाख ३० साँझ मात्र उनी काठमाडौँ आएर लुकिछिपी बरिहेका थिए ।

प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले पूर्वमन्त्री समेत रहेका एमाले नेता रायमाझीलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्यूरोको टोली टोपबहादुर बसेको घरमा पुगेर एमालेका निलम्बित सचिव रायमाझीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृतको थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत दरबारमार्गमा अड्डासार राखिएको छ ।

उनलाई म्याद थपको लागि प्रहरीले आज दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानीहरुको कोटामा गैरभुटानीलाई अमेरिका पठाउँछु भनेर ठगेको आरोप रायमाझीमाथि छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार