नयाँ र पुराना पार्टी वीचको भाष्य खडा गर्नु गलत हो : महासचिव पोख्रेल


काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी नयाँ र पुरानो भन्ने कहिल्यै नहुने बताएका छन् ।

उनले अहिले नयाँ र पुराना पार्टी वीचको भाष्य खडा गर्न खोजिएको भन्दै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका हुन् ।

महासचिव पोख्रेलले सामाजिक सञ्जाल स्टेटस लेखेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन् ।’

उनले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताए । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताए ।

उनले माक्र्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबीसमेत गरे ।

नेकपा माओवादी केन्द्रसँगको एकतासँगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसक्दा केही कमजोर भए पनि पुनः गतिहीनता तोडिएको उनले बताए ।

उनले समाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् ।

नेकपा(एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा(एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा(एमाले)को वाटो हो ।
मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।
माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो ।
मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ ।
नयाँ स्वतः विकल्प हुने, राम्रो र सफलहुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।
नेकपा(एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ ।
विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ ।
आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार