इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुग्यो


एजेन्सी, ३० बैशाख । इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । दक्षिणपूर्वी इथोपियामा फैलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गतसाता देखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो ।

हाल, दक्षिणी पूर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।

इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सतर्कता बढाइएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ ।

सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।

उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्र्राष्टिय सहयोगका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार