पर्यटनबाट चार महिनामा ७० करोड डलर श्रीलंकाले कमायो


एजेन्सी, २६ बैशाख । सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट श्रीलंकाले करिब ७० करोड अमेरिकी डलर आयआर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको हो ।

श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको जनाएको छ ।

श्रीलंकामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्राधिकरणले जनाएको छ ।

श्रीलंकाको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गरेका थिए ।

पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्राधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आयआर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धराशायी भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार