काठमाडौं, २६ बैशाख । नेकपाप माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल सम्मिलित मोर्चाबन्दीको लामो समयदेखि चर्चामा रहेको ‘समाजवादी मोर्चा’को आधार पत्र तयार भएको छ ।
मोर्चा गठनका लागि माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल समेत गठन गरेका छन् ।
माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले बरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल कार्यदल गठन गरेको छ । तीनवटै दलले बनाएको कार्यदलबीच छलफल भएर मोर्चाको आधार पत्र तयार भएको कार्यदलका एक सदस्यले जनाएका छन् ।
यसलाई शीर्ष नेताहरुले छलफल गरेर अन्तिमरुप दिन भने बाँकी छ । अहिले गठबन्धन, सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएका कारण शीर्ष नेताहरुले आधार पत्रबारे विस्तृत छलफल हुन नसकेको एक नेताले जानकारी दिए ।
यस मोर्चामा नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपालाई पनि समेट्नका लागि पहल भईरहेको छ ।


