एजेन्सी, २५ बैशाख । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा रातिको समयमा एक कारले एक समूहलाई ठक्कर दिँदा ७ सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जसमध्ये केहीको अवस्था गम्भीर छ । भने चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो नियोजित हमला भएको बताएको थियो ।
नजिकैको विशप एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले बीबीसी वर्ल्ड सर्भिसको न्युज आवर कार्यक्रममा सीसीटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती छलेर दौडिरहेको र तीव्र गतिमा बस स्टपमा पुगेको देखिएको बताएका छन् ।
घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध तथा मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


