कोपा डेल रे च्याम्पियन बन्यो रियल मड्रिड


एजेन्सी, २४ बैशाख । कोपा डेल रे कपको उपाधि रियल मड्रिडले जितेको छ ।

ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २–१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बन्न सफल भएको हो ।
शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरेका थिए भने ओसासुनाका लुकास टोरोले एक गोल गरे ।

पहिलो गोल रोड्रिगोले २ मिनेटमै गरेका थिए भने ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे । रियल मड्रिडले सन् २०१४ मा कोपा डेल रे कप जितेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार