आइतबारदेखि बजेट अधिवेशन


काठमाडौँ, २३ बैशाख । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । दुवै सदनको बैठक भोलि बस्दै छ ।

मन्त्रीपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन् । उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०\८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार