‘हाउगुजी’ को फष्टलुक


काठमाडौँ, २२ बैशाख । बलात्कार पीडित युवतीको कथामा निर्माण गरिएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशासहितको दृश्य देखाउन खोजिएको छ ।

दीपक परियारको निर्देशनमा बनेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु पाण्डे, गोपाल परियार, लक्ष्मण बस्नेत, निशा सावत पाण्डे, मानप्रसाद सुवेदी, रोशनी सापकोटा र स्व. कुलचन्द्र पुरीलगायतको अभिनय गरेका छन् ।

सुदन गौतम र तुलबहादुर थापा निर्माता रहेको फिल्मको एक गीत बाहेक सम्पूर्ण छायांकन बुटवलका विभिन्न क्षेत्रमा भएको छ भने फिल्मको प्रदर्शन मिति जुर्न अझैपनि केही समय लाग्ने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार