काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य उपचारमा लागेको खर्च आफैंले बेहोर्ने भएका छन् ।
मंगलबार राष्ट्रपति पौडेलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति पौडेल स्वयंले बेहोर्न चाहेको जनाएको हो ।
छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।



