सलमान खान र करण जोहर एक साथ


एजेन्सी, १९ बैशाख । गत अप्रिलमा ‘किसीका भाइ किसीकी जान’ रिलिज हुनुअघि अभिनेता सलमान खान र निर्माता करण जोहरले एक नयाँ प्रोजेक्टको सुरुवाती गर्ने भएको छ ।

यस बारेमा उनीहरुले छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो ।

बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा प्रोडक्सनबाट सन् २०२४ को ईदमा रिलिजका लागि चासो देखाएका थिए । सलमानले भारतीय टेलिभिजन शो ‘आपकी अदालत’को पछिल्लो एपिसोडमा यसबारे कुरा गरेका छन् ।

उक्त टिभी शोका होस्ट रजत शर्मासँगको अन्तर्वार्ताको क्रममा सलमानलाई करणसँगको सहकार्यको बारेमा सोधिएको थियो । जसमा उनले धर्मा प्रोडक्सनसँग फिल्म गर्न लागिएको बताए र नयाँ फिल्ममा सँगै काम गर्न लागेकोबारे पुष्टि गरेका छन् ।

सलमानले आफूलाई करण जोहरबाट फिल्म अफरको फोन आएको र आदित्य चोपडाले फिल्मको लागि सम्पर्क गरेको पनि बताए ।

यस फिल्मसँगै सलमान र करण जोहरले २५ वर्षपछि सहकार्य गर्नेछन् । यसअघि सलमानले फिल्म ‘सुढ्ढी’ साइन गरेको खबर बाहिरिएको थियो । तर यसको निर्माणको खबर कहिल्यै बाहिर भने आएन । यस कुरालाई ध्यानमा राख्दै निर्माताहरु आगामी ईदमा फिल्म रिलिज गर्नेगरी फिल्म निर्माणका लागि प्रयत्न गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार