मुलुकको विकासको अवस्था सन्तोषजनक : उपाध्यक्ष अर्याल


जनकपुरधाम, १७ बैशाख । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले नेपालमा दिगो विकास लक्ष्यका लागि भोकमरी र गरिबी मुख्य चुनौती रहेको बताएकी छन् ।

आइतबार जनकपुरधाममा आयोजित नेपाल दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मुल्यांकन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले भोकमरी र गरिबी घटनाउनका लागि लक्ष्य अनुरुप विकास योजना अनुसार अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

गरिबीको रेखामुनी रहेका ५० प्रतिशत भन्दा बढी नागरिकलाई समृद्ध मुलुक निर्माणका लागि पाँच प्रतिशत तल झार्न चुनौती रहेको उनको भनाइ थियो ।

उनले दिगो विकास सूचकांकलाई उकास्नका लागि लक्ष्य अनुसार योजनावद्ध ढंगले अघि बढे मात्रै सम्भव हुने दावी गरिन् ।उनले नेपाल अहिले ६६.०५ प्रतिशत विकासको सूचकांकमा रहेको बताउँदै मुलुकको विकासको अवस्था सन्तोषजनक रहेको बताइन् ।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुलुकमा विद्यमान असमानता र विभेदलाई अन्त्य गर्ने गरि समता र समानतामुलक विकास बजेट योजना निर्माण गर्न सुझाब दिए । उनले मुलुकले आफ्नो उद्देश्य प्राप्तिका लागि प्राकृतिक साधनस्रोतलाई मध्यजनजर गर्दै विकासे योजनाहरु निर्माण गर्नसमेत सुझाब दिए ।

सभामुख मण्डलले मुलुकमा केन्द्रिकृत संरचनाको अन्त्य भइसकेपनि अधिकार र शक्तिलाई संघीय सरकारले विकेन्द्रिकरण गर्न नसकेकोप्रति असन्तुष्टि जनाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार