एजेन्सी, १६ बैशाख । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा शनिबार बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइते सबैजना मिनिभ्यानमा सवार थिए । उनीहरूलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


