निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस


काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।

आयोगले शुक्रबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलको अनुपस्थितिमा उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने भन्ने व्यवस्था भएअनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार