ओमानमाथि नेपालको जीत


काठमाडौँ, ९ वैशाख । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सान्दार जीत निकालेको हो ।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । ९ विकेटमात्र गुमाएको भए पनि ओमानले एकजना ब्याटर अघिल्लो इनिङ्समा चोटग्रस्त भएपछि ब्याटिङ गर्न सकेनन् ।

ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात भने खराब रह्यो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो । तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा आउट हुँदा चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए ।

तेस्रो विकेटका लागि रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरे । रोहित २३ र भीम ३३, आरिफ शेख २९, करण केसी २९, सन्दीप लामिछाने १० र दीपेन्द्रसिंह ऐरी ७ रन जोडे । यता ओमानका लागि आयन खानले २ विकेट, बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्ने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार