नेपाली फिल्मले जित्यो बलिउडमा क्रिटिक्स च्वाइस अवार्ड


काठमाडौं, ८ वैशाख । ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ ।

यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो ।

बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गरे । फिल्म क्रिटिक्स गिल्ड अफ इण्डियाले बर्सेनि प्रदान गर्ने यो अवार्डलाई भारतमा प्रतिष्ठित मानिन्छ । यो फिल्म नेपाल, भारत, बंगलादेश र फ्रान्सका निर्माताको संयुक्त प्रोजेक्ट पनि हो ।

सुमन सेन निर्देशित यो फिल्मले दुर्गम गाउँबाट चार किशोरकिशोरी चट्टानमा छोडिएको एउटा थोत्रो बसमा संगीत बजाउँदै दिन बताउने कथा पेश गर्छ । जब छिमेकी गाउँमा ब्याण्ड प्रतिस्पर्धा आयोजना गरिन्छ, तब यसमा भाग लिन उनीहरुले पैसा र साहस जुटाउँछन् ।

मुस्ताङमा छायांकन गरिएको फिल्मको लम्बाइ १५ मिनेटको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार