जब तब्बु आमिर खानको फिल्मबाट निकालिएपछि…………..


एजेन्सी, ७ वैशाख । निर्विवाद रुपमा तब्बु बलिउडकी गम्भीर र उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित छिन् । हिन्दी फिल्ममा उनले निर्वाह गरेको चरित्र कालजयी छन् । बलिउडबाहेक उनले दक्षिण भारतका तमिल र तेलुगू फिल्म उद्योगमा पनि स्थापित अभिनेत्री छन् । तब्बुको पहिलो फिल्म तेलुगू भाषामा थियो, जसको नाम ‘कुली नम्बर १’ थियो र यो सन् १९९१ मा रिलिज भएको थियो ।

फिल्ममा तब्बुसँगै वेंकटेश मुख्य भूमिकामा देखिएका थिए । यसपछि उनी माशुक, विजयपथ, प्रेम, साजन की बाहो मे जस्ता धेरै हिन्दी फिल्ममा देखिइन् । पछिल्लो समय तब्बु भूलभुलैया २, दृश्यम २, कुटे र भोलामा देखिइन् ।

तर एकपटक उनलाई आमिर खानको फिल्मबाट हटाइयो र उनको ठाउँमा मनिषा कोइरालालाई कास्ट गरियो भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ ।

तब्बुले माचिस, हैदर, दृश्यम, चिनी कम जस्ता धेरै उत्कृष्ट फिल्ममा अभिनय क्षमता देखाएकी छन् । सन् १९९९ मा फिल्म ‘मन’का लागि पनि उनलाई कास्ट गरिएको थियो । तर उनको ठाउँमा मनिषा कोइराला आमिर खानको अपोजिटमा देखा परिन् । एकपटक तब्बुले सन् २००१ मा फिल्मफेयरसँगको कुराकानीमा यस विषयमा कुरा गरेकी थिइन् ।

उनले आमिरको यो फिल्मका लागि आफूलाई छनोट गरेपछि फोटोसुट समेत गराएकी थिइन् । त्यसपछि उनीहरूलाई कहिल्यै भनिएन कि के भयो जसले सबै कुरा परिवर्तन ग¥यो ।

तब्बुले पनि यो खेलको पछाडि तोडफोड हुने र यो प्रायः सबै हिरोइनसँग हुने गरेको बताइन् । रमाइलो कुरा त के छ भने तब्बुले गुमाएको मन पहिलो फिल्म थिएन । उनी गोविन्दाको फिल्म ‘कुँवारा’ मा पनि देखिने भनिएको थियो । तर यो भूमिका अन्ततः उर्मिला मातोडकरको हातमा गयो । यद्यपि तब्बुले यी कुराको विरुद्धमा खासै बोलिनन् । तर आफूले धेरै निराशा र अपमान सहनु परेको बताइन् ।

‘चिचीसँग फिल्म कुँवारा गर्न पाएको भए धेरै रमाइलो हुन्थ्यो । म धेरै निराशाबाट गुज्रिएको छु र धेरै अपमान सहेको छु । तर मेरो कसैसँग घृणा छैन,’ तब्बुले भनिन् ।

तब्बुले फिल्म ‘फना’मा आमिरसँग सानो केमियो भूमिका गरेकी थिइन् र यसबाहेक दुवैले सँगै कुनै फिल्म गरेनन् । त्यस्तै गोविन्दा र तब्बुले पनि कुनै फिल्ममा सँगै काम अहिलेसम्म गरेकी छैनन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार