सुपरस्टार अजितकुमार ‘मिराई’को छायांकनमा व्यस्त


काठमाडौं, ६ वैशाख । दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।

अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।

अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुरधाम हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् ।

तमिल फिल्मका चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार