एजेन्सी, ४ वैशाख । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई २–० ले पराजित गरेको छ ।
यस जितपछि युनाइटेड तेस्रो स्थानमा उक्लेको छ र न्युकासल युनाइटेडमाथि तीन अंकको अग्रता समेत बनाएको छ । अघिल्लो दिन न्युकासल एस्टन भिल्लासँग पराजित भएको थियो ।
नटिङ फरेस्टलाई उसैको मैदानमा पराजित गर्न युनाइटेडका लागि एन्टोनीले एक गोल र एक असिस्ट गरे । एन्टोनीले ३२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै पासमा डिएगो डालोटले ७६औं मिनेटमा गोल गरे ।
जितपछि युनाइटेडको ३० खेलबाट ५९ अंक भएको छ । नटिङहम फरेस्ट ३१ खेलबाट२७ अकसहित १८औं स्थानमा रहेको छ ।


