एजेन्सी, ३ वैशाख । स्पानिस ला लिगाका दोस्रो स्थानको रियल मड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।
क्याडिजको मैदानमा भएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको थियो ।
नाचो फर्नान्डेजले चुवामेनीको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । भन फेडेरिको ऐलभेर्डको पासमा मार्को असेन्सिओले गोल गरेका थिए ।
जितपछि रियलले २९ खेलबाट ६२ अंक जोडेको छ र अझै लिग लिडर बार्सिलोनाभन्दा १० अंङ्कले पछि छ ।


