कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्छ : विमलेन्द्र निधि


काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने बताएका छन् । संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने उनले बताएका हुन् ।

काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्न सकिने तर कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने बताए ।

नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गरेर जनतामाझ जान पाउन भएपनि संविधानमा नै पाँच वर्षसम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।

त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार