जनकपुरधाम, १ बैशाख । मधेस कृषि विश्वविद्यालयले प्रदेश सरकारबाट पाएको अनुदान रकम खर्च नै नगरि दुरुपयोग गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार मधेस प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेश कृषि विश्वविद्यालयलाई ३१ करोड ७५ लाख ९७ हजार अनुदान उपलब्ध गराएको थियो ।
कृषि विश्वविद्यालयलाई उपलब्ध गराइएको अनुदानबाट उक्त विश्वविद्यालयले गरेको कार्य, खर्च एवं प्रगतिको अनुगमन मन्त्रालयबाट नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन नहुँदा अनुदान रकमको उपयोग सम्बन्धमा विश्लेषण गर्न नसकिएको महालेखापरीक्षक टंकमणी शर्मा दंगालले बताए ।
महालेखाले अनुदानको उपयोग सम्बन्धमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न सुझाव दिएको छ ।


