काठमाडौं, १ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।
शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ का दिन कम्युनिष्ट पार्टीको स्थापना भएकाले देशभर विभिन्न कार्यक्रम गरेरे त्यो दिन दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसका अवसरमा काठमाडौंसहित सबै जिल्लाहरूमा कार्यक्रम आयोजना गरिने बताइएको छ ।


