अमेरिकाको केन्टकीमा पाँच जनाको मृत्यु


एजेन्सी, २८ चैत । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली लागेर पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको छ भने प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा डुबेको बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार