जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको सचिव पदकालागि नरेन्द्र विक्रम साह (निरज) ले उम्मेदवारी दिएका छन् । जउवा संघको नयाँ नेतृत्वकालागि भदौ २९ गते हुने निर्वाचनकालागि वर्तमान कार्यसमिति सदस्य नरेन्द्र विक्रम साह (निरज) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
उक्त पदमा रहेर साहले जनकपुरधामको व्यवसायीहरुको हितमा धेरै कामहरु गरेको दाबी गरेका छन् ।
साह व्यावसायीहरुको समस्या बुझ्न र त्यसलाई समाधान गर्न हर बखत पहल गर्ने गरेको र गर्दै आएको उनी निकटतम युवा व्यवसायीहरुले बताए । साहले जनकपुरधामको ब्यापार,व्यवसाय फास्टउनको लागि प्रभाव पार्ने खुला सिमानाकामा कडाइ गर्नको लागि पहिला देखि नै पहल गर्दै आएका छन् ।
साहले आफु सचिव पदमा निर्वाचित भएर आई सकेपछि जनकपुरधामको पर्यटन प्रवर्द्धनको लागि होस अथवा यहाँको व्यवसायि फस्टाउनको लागि विगत भन्दा पनि बढि सक्रिय रुपमा लागेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू व्यापारीहरूको समस्या समाधान गर्न हरपल तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग र समर्थन गर्नको लागि अपील गरेका छन् ।






