काठमाडौ । रोटरी क्लब अफ स्वयम्भुले टोखा नगरपालिकाको भुतखेलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत एक हजार रुख रोप्ने अभियान स्वरुप वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकास अधिकारीले बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षारोपण कार्यक्रम संगसंगै यसको सरक्षण तर्फ पनि ध्यान दिनुपर्ने बताए । मेयर अधिकारीले रोटरी क्लब अफ स्वम्भुलाई आफ्ना प्रोजेक्टहरु सफलतापुर्बक अघी बढाउन नगरपालिकाको पूर्ण सहयोग र सहकार्य रहेको प्रतिबद्वता समेत जनाए ।

वृक्षारोपण प्रोजेक्ट अन्तर्गत भुत्खेलको चौर ,टोखा चण्डेश्वरी अस्पतालको परिसरमा फलफुलको बिरुवा ,अशोका,धुपी ,निम लगायत बिभिन्न जातका बिरुवा रोपिएको छ। बिशेषगरी ठुला रुख हुने खालका १ हजार वृक्षारोपण गर्ने लक्ष्यका साथ वृक्षारोपण कार्यक्रम शुरु गरिएको रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिए । सफा र हरियाली शहर बनाउने उदेश्यका साथ वातावरण संरक्षणका लागि समेत वृक्षारोपणको महत्व रहेकोले क्लबले बृक्षारोपण कार्यक्रम गरेको अध्यक्ष पोख्रेलको भनाइ छ। विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षारोपण कार्यक्रम गरेको छ ,बेलाबेलामा आएर बिरुवाको सरक्षण तर्फ पनि ध्यान दिने क्लबले जनाएको छ। वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुसहित समाज उत्थान महिला मंच नेपालका महिलाहरु स्थानिय सरकारका प्रतिनिधीहरु लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।


