जब सेवाग्राही बनेर मन्त्री पुगे सरकारी कार्यालयमा,भिडियो सहित


जनकपुरधाम । मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराइ एकस्नमा देखिएका छन् । उनी मंगलबार बिहानै सेवाग्राही बनेर एक कार्यालमा पुगेका हुन । मन्त्री भट्टराइ मंगलबार बिहान प्रदेशको महोत्तरी जिल्लाको सदरमुकाम स्थित घरेलु तथा सना उद्योग कार्यालयमा सेवाग्राही बनेर छडके अनुगमन गरेका छन् । मन्त्री भट्टराइ कार्यालय खुल्ने समय १० बजे नै घरेलु तथा सना उद्योग कार्यालय महोत्तरी पुगेर छडके अनुगमन गरेको मन्त्रीको निजि सचिवालयले जनाएको छ । उनी अनुगमन गर्न पुग्दा कार्यालयमा कार्यालय सहयोगी बाहेक कोहि पनि न भएको पाएका थिए ।१० बजेर ३० मिनट पछिमात्रै कर्मचारीहरु कार्यालयमा पुग्न थालेको उनले भेटेको उनको सचिवालयले जनाएको छ् ।
भिडियो हेर्न….

https://www.facebook.com/watch/?v=3856367714682662&ref=sharing

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार