सांसद झाद्वारा आगलागी पीडितलाई एक महिनाको तलब


जनकपुरधाम । महोत्तरीको मटिहानिमा आगलागीबाट पिडित भएकाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले एक महिनाको तलब बराबरको राहत वितरण गरेका छन् । प्रतिनिधि सभा सदस्य एवंम राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता समेत रहेका झाले एक महिना बराबरको तलबले आगलागी पिडितहरूलाई राहत स्वरूप कपडा वितरण गरेका हुन् । उनले राहत स्वरूप,साडी,हाफ पाईन्ट, र टिसर्ट वितरण गरेका हुन् ।
झाले प्रतिनिधि सभा सदस्यको रूपमा ५७ हजार ८७४ रुपैया मासिक तलबको रुपमा खातामा आउने रकमले महोत्तरीको मठियानीमा आगलागी भएको घरपरिवारलाई राहत होस् भन्ने उद्देश्यले कपडा वितरण गरेको बताए । मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम बस्तीमा आगलागी हुँदा १०३ वटा घर जलेर नष्ट भएको थियो ।
मटिहानी नगरपालिका–६ जरलहर्वागाछी भगवती टोलमा भएको आगलागीले बस्ती नै सखाप पारेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार