मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध,एमाले र जनमत आमनेसामने हुँदा जनमतलाइ कांग्रेसको साथ


जनकपुरधाम ।मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ । विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले विरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ जनमत पार्टीले सप्तरीको राजविराजमा मुख्यमन्त्रीको उपस्थितीमा तत्कालिन शिक्षा मन्त्री जनमतका नेता महेश यादव सहितका उपर भएको आक्रमणको विषयमा आफुहरुले पटक पटक संसदलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै बैठक चल्न नदिने अडान राखे ।
जनमतका सबै सांसदहरु उभिएर बैठकमा अवरोध गरेपछि एमालेका सांसद तथा संसदिय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रतिवाद्व गर्न खोज्दा कांग्रेसका सांसदहरु जनमतको पक्षमा उभिएर आक्रोस व्यक्त गर्दा तनाव उत्पन्न भएको छ । व्यक्तिगत कुरा संसदमा ल्याउन नहुने भन्दै एमालेका ठाकुरले धारणा राखेपछि जनमत र कांग्रेसका सांसदहरु रोष्टम तर्फ अगाडि बढदै नारावाजी गर्न थालेका हुन ।
जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको सदनको बैठक स्थगित गरेको सूचना दिएका थिए ।
राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेको जानकारी दिएका थिए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार