सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु


काठमाडौँ, असोज १० । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान लिने काम सम्पन्न भएको छ । बयान काम सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुँदैछ ।

मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनासँग न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले जानकारी दिएका छन् ।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी बनाइएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालकसमेत हुन् ।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षिय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जनालाई प्रहरीले हिरासतमा राखेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार