शिक्षकहरूसँगको वार्ता आज टुङ्गिने मन्त्री गुरुङको दावी


काठमाडौँ, असोज ५ । शिक्षकहरुको आन्दोलन आज पनि जारी नै छ । आजपनि देशव्यापरुपमा समुदायिक विद्यालय ठप्प पारेर शिक्षकहरु आन्दोलित छन् । यता सरकारले बिहीबार देखि नै निरन्तर वार्ताको माध्यमबाट शिक्षकहरुको आन्दोलनलाई मत्थर पार्ने प्रयासमा छन् ।

यसका लागि आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।

मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच वार्ता हुने मन्त्री गुरुङले जानकारी दिए । मन्त्री गुरुङले भने, ‘हामीबीच शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भयो । अव उहाँहरुसँग केहीबेरमा छलफल गर्छौ र आजै शिक्षकहरूसँगको वार्ता अन्तिम टुङ्गो लगाउँछौ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार