जनकपुरधाम, असोज ५ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहको छ ।
यसका साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशको तराई भूभागका केही स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।
आज राति भने मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


