जनकपुरधाम, असोज ४ । मधेश प्रदेश सरकारले शिक्षकहरुले शिक्षा विधेयकको विरुद्धमा गरेको आन्दोलनप्रति समर्थन जनाएको छ ।
शिक्षकहरुको आन्दोलतलाई समर्थन गरेका मधेश सरकारको गृह, संचार तथा कानून मन्त्री मो समिमले शिक्षा विधेयकको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक प्रेस विज्ञप्ति निकालेर उनले असन्तुष्ट शिक्षक र कर्मचारीको जायज माग पुरा गर्न सरकारसँग आग्रह गरेको हो ।
शिक्षा विधेयकका कारण शिक्षक तथा कर्मचारीसमेत असन्तुष्ट रहेको भन्दै तत्काल जायज माग सम्बोन गर्नका लागि नेपाल सरकारसँग अनुरोध गरेको छ ।
गृह, संचार तथा कानून मन्त्री समिमले शिक्षक तथा कर्मचारी गम्भीर असन्तुष्टि रहेकाले तत्काल उनीहरुको माग पुरा गरी शिक्षा क्षेत्र निरन्तर सुचारु गर्ने वातावरण सृजना गर्नसमेत सरकारसँग माग गरे ।
उनले जारी गरेको विज्ञप्तिमा संसदमा पेस भएको शिक्षा ऐनका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको स्पष्ट नीति सम्बोधन हुने गरी शिक्षकहरुको जायज माग र आन्दोलनलाई समर्थन गर्दै जायज माग पुरा गर्न संघीय संसद र नेपाल सरकारसँग अनुरोधसमेत गरेको उल्लेख गरेको छ ।


