जनकपुरधाममा एमालेले मनायो संविधान दिवस


जनकपुरधाम , असोज ३ । नेकपा एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवस मनाएका छन् ।

जानकी मन्दिरको दर्शन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले संविधान दिवस मनाएका हुन् ।

संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रमपनि गरेको छ । यस कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र सचिव भट्टराईले राष्ट्रिय झण्डा हल्लाउँदै संविधान दिवस मनाए ।

पुर्वमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान भएकाले यसप्रति सबैले गर्व गर्नुपर्ने बताए ।

संविधान गतिशील दस्ताबेज रहेकाले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार