एजेन्सी, भदौँ २९ । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेट हात पार्दै जितेको हो ।
यस जितपछि श्रीलंकाले भारतसँग फाइनलमा खेल्ने भएको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिनु परेको छ ।
कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाएका थिए ।


